दफा ३४
बहाल र भूबहाल असुल–उपर गर्ने व्यवस्था
(१) गुठी जग्गामा घर पसल बनाउन दिई भूबहाल लिई आएको वा गुठीले नै घर पसल बनाई वा पाटी पौवाहरू बहालमा दिई बहाल लिई आएकोमा यो दफा प्रारम्भ भएपछि संस्थानले त्यस्तो भूबहाल वा बहालको सम्बन्धमा नयाँ कबुलियत गराउन सक्नेछ । यसरी नयाँ कबुलियत गराउँदा भूबहाल वा बहालको अड्ढ संस्थानले तोकेबमोजिम हुनेछ ।
(२) बहाल वा भूबहालमा बस्ने व्यक्तिले संस्थानले तोकिदिएको म्यादभित्र नयाँ कबुलियत गर्नु पर्नेछ । सो म्यादभित्र कबुलियत नगरेमा सो बहालवाला वा भूबहालवाला व्यक्तिका घर वा पसलमा भोगचलन गर्ने हक स्वतः समाप्त हुनेछ र संस्थानले सो घर पसल अन्य व्यक्तिलाई बहालमा दिन वा आफैले भोग चलन गर्न सक्नेछ ।